बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागलुङको पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता

बागलुङको पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता

मेगा खबर संवाददाता

११, श्रावण २०७७
  • 1.6K
    SHARES

  • बागलुङको पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता

    ११ साउन, बागलुङ ।  बागलुङ नगरपालिका–१ निरयघाट नजिक गएको पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरीएको छ ।

    ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा राति साढे आठ बजे एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।

    स्काभेटर चालक सम्पर्कमा आएको तर  टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली सम्पर्कमा नआएपछि बेपत्ता भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

    पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

    अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशंका गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

     

    आइतवार, श्रावण ११ २०७७१२:१७:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार