९ साउन, काठमाडौं । कोरोना माहामारीको कारण गरीएको लकडाउन मंगलकार राती १२ बजे पूर्ण रुपमा खुले पछि नेपाल राष्ट्र बैंकले आवश्यक सुरक्षा, सतर्कता र सामाजिक दुरी कायम गरी बैंकहरुलाई सबै शाखा खोल्न निर्देशन दिएको छ । अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् ।
लकडाउनका बेला पनि कुनै कुनै शाखाहरु खुल्ला राखेर बैंकहरुले सेवा जारी राखेका थिए । खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा अधिकांश शाखाहरु खुलेका भएपनि ग्रामीण भेगका शाखा कम मात्रै सञ्चालनमा रहेका थिए ।
बिहीबार राष्ट्र बैंकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो । विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन हुनेछन् ।
बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ ।