८ साउन, काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ ।
ओखलढुंगा घर भएकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।
एसिड प्रहार गर्ने वाला पत्ता नलागेको र खोजी भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।