८ साउन, वीरगञ्ज । वीरगञ्ज-६ माईस्थानका ७० वर्षीय श्यामनारायण वणर्वालको कोरोना संक्रमणको कारण गण्डक अस्पतालमा निधन भएको छ ।
७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे । डा. सिंहले एडभान्स अस्पताल रिफर गरे । उनलाई रातभर त्यही अस्पतालमा राखियो मंगलबार बिहान कोरोना चेकजाँचका लागि गण्डक लगीयो तर त्यही दिन अपरान्ह निधन भयो उनको छोरा प्रभाकरप्रसाद बताउछन् ।
सुरुमा श्यामनारायणको उपचार गरेका डा. निरज सिंहका अनुसार स्वासप्रश्वासमा समस्या देखिएकाले अर्को अस्पतालमा रिफर गरिएको थियो । अस्पतालमा भर्ना गरेर छातीको एक्सरे गर्दा निमोनिया भएको देखियो । १२ घण्टासम्म अक्सिजन दिँदा पनि स्वास्थ्य स्थिर भएन । त्यसपछि कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंकामा गण्डक अस्पताल रिफर गरिएको डा. सिंह बताउँछन् । तर, गण्डक पुगेको केही घण्टामै उनको निधन भयो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।
गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमित आईसीयूमा छन् । एकजनाको अवस्था गम्भीर भएकाले काठमाडौं पठाउन हेलिकप्टर माग गरिएको छ । २२ जनामा सामान्य लक्षण देखिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पतालका को-अर्डिनेटर उदयनारायण सिंहले जानकारी दिए । यसले समुदायमा एउटा स्तरमा कोरोना संक्रमण छ भन्ने बुझ्नुपर्ने डा. उपाध्याय बताउँछन् ।
वीरगञ्जमा पहिलो पटक २९ चैतमा तीन भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको समेत स्रोत पत्ता लागेको छैन । जनस्वास्थ्य विज्ञहरुका अनुसार धेरै केसको संक्रमण स्रोत पत्ता नलाग्नु भनेकै समुदायमा संक्रमण भएको संकेत हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।