बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कैलालीको लम्की चुहा नगरपालिकामा कोरोना नियन्त्रणमा ७३ लाख खर्च

कैलालीको लम्की चुहा नगरपालिकामा कोरोना नियन्त्रणमा ७३ लाख खर्च

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 2.0K
    SHARES

  • कैलालीको लम्की चुहा नगरपालिकामा कोरोना नियन्त्रणमा ७३ लाख खर्च

    ८ साउन, कैलाली । २०७६ चैत ११ गते लकडाउन सुरु भएपछि ७७ दिनमा ७३ लाख ८६ हजार ३ सय रुपैयाँ खर्च भएको खर्च विवरण बुधबार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ ले सार्वजनिक गरेको थियो ।

    वडाध्यक्ष जनक बमले कोरोना रोकथाम र व्यवस्थापनमा खर्च गरीएको भन्दै सार्वजनिक गरेको विवरण अनुसार भत्तामा मात्रै ११ लाख रुपैयाँ खर्च गरिएको छ । स्थानीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ सिल गर्दा खटाइएका स्वयं सेवकको भत्तामात्रै ८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

    विभिन्न क्वारेन्टिन व्यवस्थापनका लागि बनाइएका समिति तथा उप-समितिका सदस्यको भत्तामा १ लाख ९२ हजार रुपैयाँ खर्च गरिएको छ । स्वयंसेवकलाई कर कट्टी गरेर दैनिक ५ सय र स्वास्थ्यकर्मीलाई दैनिक १ हजार रुपैयाँ भत्ता दिइएको वडाध्यक्ष बमले बताए ।

    वडाले पहिलो चरणमा १८ जना स्वयंसेवक खटाएको थियो भने दोस्रो चरणमा १९ जना स्वास्थ्यकर्मी र स्वयंसेवक खटाएको थियो । स्यानिटाइजर, मास्क, पञ्जालगायतका स्वास्थ्य सामाग्री खरिदमा १ लाख ४५ हजार रुपैयाँ खर्च देखाइएको छ ।

    यस्तै कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, खाद्यान्नमा ६ लाख १३ हजार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खाना खर्चबापत १ लाख ४८ हजार, खानेपानी र बिजुली खर्च २ लाख ५२ हजार, ६ ओटा होटलबाट प्राप्त बिल शीर्षकमा ३६ लाख ११ हजार रुपैयाँ खर्च गरेको वडा कार्यालयको विवरणमा उल्लेख छ ।

    एउटै वडा कार्यालयले अप्रत्याशित खर्च गरेका र वडा कार्यालयको खर्च विवरण यथार्थ भन्दा बढी रहेको भन्दै यथार्थ विवरण सार्वजनिक गर्न स्थानीयहरुले माग गरेका छन् । अन्यथा कानुनी कारबाहीमा जानु पर्ने बताएका छन् ।

    तर वडका अध्यक्ष जनक बलमले भने सबैभन्दा राम्रो व्यवस्थापन गर्न खोज्दा केही रकम बढी खर्च भएको तर यो नै यथार्थ विवरण रहेको बताए ।


    बिहिवार, श्रावण ८ २०७७०७:५१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार