काठमाडौ, आगामी भदौ १ देखी आन्तरीक र बहिय सबै उडान सुचारु हुने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले हवाई सेवा खोल्ने निर्णय गरेको छ । यो निर्णयसँगै बन्द भएको हवाई उडान ५ महिना पछि सुचारु हुने संस्कृति पर्यटक तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । कोभिड१९(कोरोना भाइरस) को रोकथामका लागि सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेको थियो । हवाई सेवा भने लकडाउनको दुइ दिन अघिदेखि नै बन्द गरिएको हो ।
पर्यटक मन्त्रालयका सहप्रवक्ता राजन पौडेलका अनुसार बहिय तर्फ नेपालले नियमित उडान गर्ने मुुलुकका लागि खुल्ला हुनेछन् । उडान अनुमति दिने अन्य मुलुकमा मात्रै वायु सेवा कम्पनी जान पाउनेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।