बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गएको २४ घण्टामा १८६ जनामा थप कोरोना, संक्रमण १७३ जना निको भए

गएको २४ घण्टामा १८६ जनामा थप कोरोना, संक्रमण १७३ जना निको भए

मेगा खबर संवाददाता

५, श्रावण २०७७
  • 2.2K
    SHARES

  • गएको २४ घण्टामा १८६ जनामा थप कोरोना,  संक्रमण  १७३ जना निको भए

    काठमाडौं । गएको २४ घण्टामा १८६ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गरिएको उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै निको हुनेको संख्या ११ हजार ८६८ जना पुगेको छ । आज १७३ जना निको भएका छन् । आइतबार ५८ जना निको भएका थिए । शनिबार १०३ जना निको भएका थिए । शुक्रबार २८५ जना निको भएका थिए । विहिबार २१३ जना निको भएका थिए । ६६.५१ प्रतिशत संक्रमित निको भएका छन् ।

    यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ८ जिल्ला कोरोना मुक्त भएका छन् ।

    सोमवार, श्रावण ५ २०७७०६:४३:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार