बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भोलि देखि कस्ता मोबाइल चल्दैनन् ?

भोलि देखि कस्ता मोबाइल चल्दैनन् ?

मेगा खबर संवाददाता

३१, आषाढ २०७८
  • 6.3K
    SHARES

  • भोलि देखि कस्ता मोबाइल चल्दैनन् ?

     काठमाडौं । शुक्रबारबाट नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दैछ ।

    विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । आईएमईआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ ।

    प्राधिकरणका उपनिर्देशक एवं उपकरण स्तरीकरण शाखाका प्रमुख दिनेश मैनालीका अनुसार साउनदेखि आईएमईआई दर्ता नगरेका मोबाइलहरु चरणबद्ध रुपमा बन्द गर्दै लैजाने नीति लिइएको छ । नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता भएको हुन्छ ।

    उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन । त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

    आफ्नो मोबाइलको आइएमइआई थाहा पाउन ं#०६# डायल गर्ने र दर्ता गरेनगरेको ह्त्त्प्स्:एइर्।न्त।गोव्।न्प्मा हेर्न सकिन्छ अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।

    के फाइदा हुन्छ आईएमईआई दर्तापछि?

    मैनालीका अनुसार आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिन्छ ।यो सिस्टममा जोडिएपछि एकातर्फ भन्सार नतिरी ल्याइएका मोबाइललाई नियन्त्रण गर्न सजिलो हुन्छ भने प्रयोगकर्ताको कुनै बेला मोबाइल हरायो भने त्यो आइएमइआई नम्बरको मोबाइलमा कुन नम्बर जडान गरिएको छ? त्यसको आधारमा हराएको मोबाइल पत्ता लगाउन पनि सकिन्छ ।

    बिहिवार, आषाढ ३१ २०७८०३:०८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार