बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउन ७ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

साउन ७ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 2.2K
    SHARES

  • साउन ७ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

    काठमाडौं । सरकारको निर्णयअनुसार साउन ७ गतेपछि यातायात चलाउने बताएका छन्।  सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायी यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

    आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनुभयो ।

    आइतवार, श्रावण ४ २०७७०१:२३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार