बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेसाम खोलामा तुईन निर्माणको ८० % काम सम्पन

नेसाम खोलामा तुईन निर्माणको ८० % काम सम्पन

शान्ता आचार्य

२८, आषाढ २०७८
  • 2.0K
    SHARES

  • नेसाम खोलामा तुईन निर्माणको ८० % काम सम्पन

    सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ नेसम खोलामा यहि आषाढ १ गते राती आएको बाढीले नेसाम खोलाको पुल बगाएर गुम्बाको माथिल्लो भेगमा बस्ने नागरिकलाई आवतजावत ठप्प भएकोमा  माओबादी केन्द्रका नेता कार्यकर्ता लगायतको टीमले तत्कालको लागि तुईन हाल्ने घोषणा गरेको थियो।

     यहि समस्या समाधान गर्नुपर्ने हेतुले माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला र जुगल गाउँपालिका पार्टी नेता तथा कार्यकर्ताले रकम सङ्कलन गरि तुइन किन्ने, बेश बनाउने र तुइन नेशम खोला सम्म पुर्याएका छन्।

    सरकारी स्तर बाटै सम्पादन हुनुपर्नेमा स्थानीय सरकारको बेवास्ताको कारण माओवादी केन्द्रले तुइन  निर्माणको ८० % कार्य  सम्पन  गरेकोछ । जसको लागि लठ्ठा, कोक्रो लगाएतका समाग्रीहरु उक्त स्थानमा पु-याई हिजो नेसाममा तुईनको लागि दुवैतिर पोल सहित जिप निमार्ण र कक्रिटिङको काम समेत सम्पन्न भएको छ।

    अबको ७ दिन भित्र तुइनबाट आवतजावत गर्न सकिने माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा सुबोधले बतायका  छन।

    सोमवार, आषाढ २८ २०७८०९:०८:३५
    सम्बन्धित समाचार