बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल बिकास र समृद्धिको एउटा आधारशिला निर्माण गर्ने चरणमा

नेपाल बिकास र समृद्धिको एउटा आधारशिला निर्माण गर्ने चरणमा

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 4.3K
    SHARES

  • नेपाल बिकास र समृद्धिको एउटा आधारशिला निर्माण गर्ने चरणमा
    अमृत थापा
     
     
    "बिकासका लागि भौगोलिक धरातल हेरि प्रयाप्त प्राबृधिक सर्बेक्षण तथा मुल्यांकनको खाचो छ "
     
    हाम्रो देस नेपाल बिकास र समृद्धिको एउटा आधारशिला निर्माण गर्ने चरणमा छ । देस बिकाशका लागि नेपाल कम्युनिस्ट पार्टिको सरकारले समृद्ध नेपाल शुखी नेपालिको नारालाइ साकार पार्ने उदेश्यका साथ लागिपरेको अबस्था छ । जुन सपना नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद लेलिनबाद पार्टिका तत्कालिन महासचिव क मदन भन्डारिको पनि थियो । धेरै कालखण्डमा बिकासका लागि धेरै बहस तथा योजना बनेका पनि थिए ।तरपनी स्थिर सरकार नहुनुजस्ता ठोस कारणले योजना हरु कार्यन्वयन हुन सकेको अबस्था छैन । तर अहिले नेपाल कम्युनिस्ट पार्टी ने क पा को स्थायी सरकार छ ।
     
    जसका कारण बिकाशका कामहरु भटाभट भैरहेको छ , तर दिगो तथा टिकाउ बिकासमा भने जोड दिन सकेको छैन । अहिले बिकास नहुने कुनै ठोस कारण पनि छैन ।। बिकास दुर्त गतिमा बडेको तर टिकाउ तथा दिगो बिकास हुन नसकेको कारण भने बिकासका लागि प्रयाप्त प्राबृधिक सर्बेक्षण तथा मुल्यांकन तथा भौगोलिक धरातलको बारेमा अनुसन्धान नगरी बिकासको पुर्बाधार खडा गरिनु नै हो । यसरी सर्बेक्षण नगरी बिकासको पुर्बधार तयार गरिनुले बिकास हुनुलाइ खासै अर्थ राख्दैन । यसरी भौगोलिक धरातल अध्ययन नगरी बिकासका पुर्बाधार तयार नगर्दाको कारण प्राकृतिक बिपत्तिको सामना आम जनताले गरिराख्नुपरेको तितो यथार्थ अहिलेको अबस्थामा छ ।
     
    तसर्थ प्राकृतिक बिपत्ती न्यूनीकरणका लागि भौगोलिक धरातलको अध्ययन , अनुसन्धान तथा प्राबृधिक सर्बेक्षण गरि भौतिक संरचना निर्माण गर्नु नै प्राकृतिक बिपत्ति सङ्ग लड्ने दिर्घकालिन लक्ष्य हुन सक्दछ ।

    शुक्रवार, श्रावण २ २०७७०४:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार