बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सञ्चारकर्मीको श्रमको सम्मान गर: आयोग

सञ्चारकर्मीको श्रमको सम्मान गर: आयोग

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 1.2K
    SHARES

  • सञ्चारकर्मीको श्रमको सम्मान गर:  आयोग

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह गरेको छ ।
        
    आयोगमा सचिव वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा कोभिड–१९ को जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई उचित पारिश्रामिक दिन आग्रह गरिएको छ । श्रमजीवी पत्रकारलाई उचित पारिश्रामिक दिन आयोगले  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आज पत्राचार गरेको छ ।

    “पत्रकारलाई सत्यतथ्य सूचना सङ्कलन गर्ने वातावरण कायम हुन नसकेमा नागरिकको सुसूचित हुने मौलिक हकसमेत प्रभावित हुन जाने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “श्रमजीवी पत्रकारसम्बन्धी ऐनमा श्रमजीवी पत्रकारलाई मर्का पर्ने गरी निजको सेवा शर्त तथा सुविधामा परिवर्तन नगरिने उल्लेख छ ।” 
        
    बन्दाबन्दीको अवस्थामा केही सञ्चारगृहबाट लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिइ, जिम्मेवारीबाट हटाइ तथा विनाकारण अतिदुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिइएकाले कारवाही गरिपाउँ भनी आयोगमा पर्न आएको उजुरीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
        
    नेपाल पत्रकार महासङ्घले काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाबाट दुई हजारभन्दा बढी श्रमजीवी पत्रकार आफ्नो पेशाबाट पलायन हुनुपरेको जनाएको छ ।

    शुक्रवार, श्रावण २ २०७७०४:१३:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार