काठमाडाै, वागमती प्रदेश पहिलोपटक भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।
अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
आज सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणाली मार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ मन्त्रालयको सूचना अनुसार आगामी साउन १ देखि सेवाग्राहीहरुले नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् । यसका लागि सवारी धनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधन सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ ।
यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारी साधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।