बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षक र निजामती कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएकाे विराेधमा स्थायी शिक्षक हकहित मञ्चले सर्वाेच्चमा रिट दायर

शिक्षक र निजामती कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएकाे विराेधमा स्थायी शिक्षक हकहित मञ्चले सर्वाेच्चमा रिट दायर

मेगा खबर संवाददाता

१७, आषाढ २०७८
  • 2.1K
    SHARES

  • शिक्षक र निजामती कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएकाे विराेधमा स्थायी शिक्षक हकहित मञ्चले सर्वाेच्चमा रिट दायर

    काठमाडाै, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफूहरुलाई सरकारले असमान व्यवहार गरेकाे भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

    आगामी आवकाे बजेट तथा मर्यादाक्रमकाे सूचीमा शिक्षक र निजामती कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएकाे विराेधमा स्थायी शिक्षक हकहित मञ्चले सर्वाेच्चमा रिट दायर गरेकाे हाे ।

    सरकारले आगामी आवकाे बजेटमा निजामती कर्मचारीका लागि  १० दिनका लागि भ्रमण काजकाे सुविधा  दिए पनि शिक्षकलाई त्यस्ताे सुविधाबाट वञ्चित गरिएकाे छ । यस्तै निजामती कर्मचारीलाई १० लाख रुपैयाँकाे दुर्घटना  बिमाकाे व्यवस्था बजेटमा छ । मुलुकका पाँच लाख शिक्षक यी सुविधाबाट विमुख रहेकाले अदालत जानुपरेकाे स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईले बताएका छन् ।

    उनले भने,सरकारले निजामती कर्मचारी र शिक्षकबीच गरेको विभेदका विषयमा हामीले विगतदेखि नै आवाज उठाउँदै आएको र अहिले यसै विषयमा सम्मानित अदालतको ढोका ढकढक्याएका हौं । यसको फैसलाले स्थायी, अस्थायी, राहत, साबिक उमावि, बाल शिक्षक, विद्यालयका कर्मचारी, अनुदानमा अध्यापनरत शिक्षकलाई सहयोग पुग्ने उनको विश्वास छ ।

    शिक्षकको मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटमा १० लाखको दुर्घटना बिमा, १ लाखको स्वास्थ्य सुरक्षा बिमा,१० दिनको सुविधासहितको भ्रमण काज, सन्तति छात्रवृत्ति आदि विषयमा शिक्षण सेवासहित अन्य सेवामा रहेका राष्ट्रसेवकलाई उपलब्ध गराउनुपर्ने माग गरिएकाे छ ।

    यस्तै विद्यालयका शिक्षक–कर्मचारीका लागि छुट्टै अस्पतालको प्रबन्ध गर्नुपर्ने माग पनि रिटमा छ ।

    11.jpg

    बिहिवार, आषाढ १७ २०७८०३:१२:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार