फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो जुलाई १ देखि फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ ।
फेसबुकले फोरके गेमिङलाई गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन अफर गरेपछि यस्तो निर्णय लिइएको हो । फेसबुकको गेमिङ पार्टनर कार्यक्रममा सहभागी भएपछि ७ जना खेलाडी र एकजना व्यवस्थापकलाई मासिक तलब दिन सक्ने भएकाले फेसबुक गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन लागेको फोरके गेमिङ नेपालका संस्थापक पवन जंग शाहीले जानकारी दिए ।
उनले आफ्नो लागि मात्रै नभएर सम्पूर्ण फोरके परिवारको लागि फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा जान लागेको बताए । साथै प्रत्येक सिजनमा दर्शकका लागि २० भन्दा बढी रोयल पास गिभअवे गर्ने पनि उनले घोषणा गरे । अब फेसबुकमा गइसकेपछि एकजनालाई कम्तिमा पनि मासिक २० हजार तलब दिन सक्ने शाहीले बताएका छन् ।
फेसबुकबाट मात्रै अब फोरके गेमिङको लाइभ स्ट्रिम हुनेछ । फेसबुकमा फोरके गेमिङ नेपालको ४ लाख ४१ हजार फ्लोअर छन् । युट्युबको आम्दानीबाट खेलाडिलाई मासिक तलब दिन नसकिने उनले बताए । अब फोरके गेमिङको लाइभ स्ट्रिम युट्युबमा हुने छैन् ।
एडिट गरेका भिडियो भने युट्युब अपलोड हुनेछन् । हाल फोरके गेमिङको युट्युब च्यानलमा ९ लाख ४० हजार सब्सक्राइबर छन्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।