बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेका प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेका प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

मेगा खबर संवाददाता

१२, आषाढ २०७८
  • 1.7K
    SHARES

  • नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेका प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

    काठमाण्डाै,  नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ ।

    नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान रहेको क्षेत्र हो ।

     त्यो भाग नेपालतर्फ भने नपर्ने खबरमा उल्लेख छ । रेलमार्ग निर्माणको लागि आठ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको छ । रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर दुरी सगरमाथा क्षेत्र हुँदै जानेछन् ।

    सगरमाथा क्षेत्रमा भने रेलमार्ग पूर्णरुपमा जमिनमुनि हुने जनाइएको छ । दुई देशको सीमा क्षेत्रमा विस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमध्ये सगरमाथा क्षेत्र हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

    मार्ग निकै लामो, खर्चिलो र भौगोलिक रुपमा कठिन हुने बताइएको छ । सगरमाथा क्षेत्र हुँदै जाने रेलमार्गले नेपालको काठमाण्डाैबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । चीन र नेपालबीच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो ।

     

    शनिवार, आषाढ १२ २०७८०६:३९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार