बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक जुगलका बस्तीहरु अझै पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोक जुगलका बस्तीहरु अझै पहिरोको उच्च जोखिममा

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 3.9K
    SHARES

  • सिन्धुपाल्चोक जुगलका बस्तीहरु अझै  पहिरोको उच्च जोखिममा
    काठमाण्डौं । सिन्धुपाल्चोक जुगल गाउँपालिक वडा नं. २ को बिकट मानिने लिदि, सन्चगाउ र नाम्फामा पहिरोको जोखिम उच्च भएको छ।
     
    एक गाँउ देखी अर्को गाँउसम्मको सम्पर्क टुटेको छ। आवतजावत गर्ने बाटो समेत नरहेकोले जनजीवन भैरहेको छ। जारी रहेको मनसुन यहि अबस्थामा रहे ठुलो जोखिम हुनसक्ने र जोखिम कम गर्न बस्ती नै अन्यत्र सार्नुपर्ने देखिएको राष्ट्रिय युवा संघ नेपाल जुगल गाउँपालिका संयोजक फुलकाजी स्यङ्बोले बताउनुभयो।
     
    पहिरो जोखिम कै निरीक्षण तथा राहत लिएर लिदि हिडेको गाउँपालिकाको टोलि समेत स्थल मार्ग अभावका कारण बिच बाटोबाटै फर्किएको छ । साथै पहिरोको कारण केही क्षति भई जोखिममा रहेको नाम्फा बस्तीमा ३ थान टेन्ट, १० थान कम्बल र १६ थान कम्बल स्थानीयलाई बितरण गरेको जुगल गाउपालिका उपाध्यक्ष सृजना तामाङले बताउनु भयो।

    मंगलवार, आषाढ ३० २०७७०९:४१:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार