काठमाडाै, नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो रहेको छ ।
मेसेज सेवा पनि अवरुद्ध रहेको छ । डाटा सेवा भने प्रभावित भएको छैन । आझबुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन ।
न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी दिएको छ । टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ ।
टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।