बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दिपक मनाङेबारे पूर्व मुख्यमन्त्रीको यस्तो टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्

दिपक मनाङेबारे पूर्व मुख्यमन्त्रीको यस्तो टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्

  • 3.0K
    SHARES

  • दिपक मनाङेबारे पूर्व मुख्यमन्त्रीको यस्तो टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्

    पोखरा, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिपक मनाङेमाथि टिप्पणी गर्दै उनलाई बाल्मिकी बनाउन आफु असफल भएको बताएका छन् ।

    आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले मनाङेलाई बाल्मिकी बनाउन ल्याएको तर उनी बाल्मिकी बन्न नसकेको टिप्पणी गरेका छन् ।

    पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले भने, ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको, उनी बाल्मिकी बन्न सकेनन् । सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन् ।

    उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो । गुरुङले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदा आफ्नो सरकार अल्पमतमा परेपछि मनाङेलाई गत बैशाखमा युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

     मनाङेले पछिल्लो समय गुरुङलाई छोडेर विपक्षी गठबन्धनलाई सहयोग गरेपछि गुरुङ नेतृत्वको सरकारको बहिर्गमन भएको थियो ।

    आइतवार, जेठ ३० २०७८०१:४४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार