चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’
सडक भासिएपछि अहिले एकतर्फी बाटो सञ्चालनमा रहेको उनले जानकारी दिए । एकतर्फी सवारी सञ्चालन हुँदा सवारी जामको समस्या यथावत रहने र यात्रुलाई सास्ती बढ्ने ट्राफिक प्रमुख भट्टको भनाइ छ ।
उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।