बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न समस्या

काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न समस्या

मेगा खबर संवाददाता

२७, आषाढ २०७७
  • 2.3K
    SHARES

  • काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न समस्या

    काठमाडौं । पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षातको समयमा फोहोर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ ।

    समस्या फोहोर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहोर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन हुँदै आएको छ ।

    कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षातको समयमा समस्या हुने गरेको थियो । अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ । विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर उक्त स्थानमा विसर्जन गरिर्दै आएको छ । जुन स्थान दुई वर्षको लागि लिएको थियो ।

    सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करिव तीन अर्ब रुपैयाँ रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहोर उठाउने कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । विभिन्न कारणले काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षात्को समयमा फोहर विसर्जन कार्य समस्याको विषय बन्दै आएको छ ।

    उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहोर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको १८ स्थानीय तहबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

    शनिवार, आषाढ २७ २०७७०३:१६:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार