बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खुकुरी प्रहार गर्नेसहित ४ जना पक्राउ

खुकुरी प्रहार गर्नेसहित ४ जना पक्राउ

मेगा खबर संवाददाता

२७, आषाढ २०७७
  • 1.9K
    SHARES

  • खुकुरी प्रहार गर्नेसहित ४ जना पक्राउ

    तनहुँ । जिल्लामा विभिन्न अपराधमा सजाय तोकिएर फरार रहेका ४ .जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

    अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र त्यही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ छन् । जिल्ला अदालतको २०६९ साल असार ११ गते फैसलाअनुसार भुजेललाई २ महिना १७ दिन र रिमाललाई २ महिना २३ दिनको कैद फैसला भएको थियो । उनीलाई.पक्राउ लगत्तै कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा फरार भएका २ जना पक्राउ परेका छन् । मार्ने उद्योग मुद्दाका ऋषिङ गाउँपालिका–२ घर भइ व्यास नगरपाालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र त्यही ठाउँका २६ वर्षीय मनोज परियार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नाय उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

    उनीहरुले गएको जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियार समेतले मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते रानाको उपचार भइरहेको छ ।

    शनिवार, आषाढ २७ २०७७०३:००:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार