निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह निकै बढेकाे छ ।
नदीकाे सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८, पुल्चाेकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४२ घर डुबानमा परेका छन् ।
नगरपालिकाको वडा नम्बर ४ र ८ का ४२ घर डुबानमा परेको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
उनले वडा नम्बर ८ का १४ घरपरिवारलाई शुक्रबार बिहानै त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राखेको बताए ।
बाढी बस्तीमा पस्दा कुनै पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । केही पशु चौपाया भने बाढीले बगाएको भए पनि अहिलेसम्म यकिन तथ्यांक भने संकलन गर्न नसकेको उनले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।