साेलुखुम्बु – सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको शव उद्धार गरी काठमाण्डाै लगिएकाे छ ।
सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाण्डाै लगिएकाे प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जाने क्रममा गएकाे वैशाख २९ गते साँझ ६ः०० बजेकाे समयमा चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए ।
मौसम अनुकूल नहुँदा भने तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाण्डाै लगिएकाे उनको भनाइ रहेको छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टर मार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
दुई वर्षअघि ज्यान गुमाएका एक अमेरिकी नागरिकको पनि शव परीक्षणका लागि काठमाण्डाै लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाण्डाै लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको ज्यान गएकाे छ ।
स्विट्जरल्यान्डका नागरिक अब्दुल वारिचको गएकाे वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा ज्यान गएकाे थियो । यही जेठ ४ गते सङ्खुवासभा घर भएका टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर ज्यान गएकाे प्रहरीले जानकारि दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।