काठमाडाै, पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका छन् ।
उनीहरुलाई हिजो स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
सुवेदी पूर्व सामाजिक विकास मन्त्री र भट्ट उद्योग वन वातावरण तथा पर्यटन मन्त्री रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।