काठमाण्डाै, पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाइएको छ ।
विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको अनुसार ‘विभिन्न हिमालको आधार शिविर तथा दोस्रो आधार शिविर अहिलेसम्म सुरक्षित रहेको जानकारी प्राप्त रहेको छ । यसै ठाउँमा रहेका आरोही,पथ प्रदर्शक तथा अन्य सहयोगीहरु सुरक्षित छन् र उद्धार गर्नुपर्ने अवस्था छैन ।विभागले आराेहणका लागि गएकाहरू र उनीहरूका परिवारलाई समेत सकारात्मक प्रभाव पार्ने र तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह समेत गरिएकाे छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।