बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, आरोही दोस्रो शिविरमा रोकिए

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, आरोही दोस्रो शिविरमा रोकिए

  • 2.5K
    SHARES

  • सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, आरोही दोस्रो शिविरमा रोकिए

    साेलुखुम्बु, सगरमाथाको दोस्राे शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी राेकिएका छन् ।

    हिमपातका कारण दोश्रो शिविर अर्थात् ६ हजार चार सय मिटरको उचाइमा उनीहरू रोकिएका पर्यटन विभागको आधार शिविर सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिएका छन् । आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका र उनीहरू दोस्राे शिविरमा अड्किएका उनले बताए ।

    मौसम खराबीको कारणले उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि जान सकेको छैन । अहिले आरोहीहरू सुरक्षित रहेकाले मौसम सुधार नभए सम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको उनले बताएका छन् । बङ्गालको खाडीमा सुरु भएको 'यास्' नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दोस्राे शिविरमा आइपुगेका आरोही र सहयोगीहरू मौसम अनुकूल हुने पर्खाइमा रहेका सम्पर्क अधिकृत गौतमले बताए । उनका अनुसार आरोहण सम्पन्न गरेका कतिपय टोलीले मौसम खराब भएकाले दोस्रो शिविरमा रहेका आफ्ना सरसामान तल झार्न सकेका छैनन् ।

    गौतमले सगरमाथा आरोहण गरी फर्किने क्रममा कतिपय आरोहीहरू घाइते भएको तर खराब मौसमका कारण उनीहरूलाई उद्धार गरी काठमाण्डौ पठाउन नसकिएको बताएका छन् । यसअघि पनि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह समेत गरिएकोको छ ।

    प्राधिकरणले भने पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ । 

    बिहिवार, जेठ १३ २०७८०७:००:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार