काठमाडाै, कोभिड बिरामी बेड नपाएर अस्पताल अस्पताल चाहार्नु पर्ने बाध्यता हटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब अस्पतालमा बेड खाली भएनभएको अनलाइनबाटै जानकारी लिन पाइने सरकारले व्यवस्था मिलाएको छ । अस्पतालहरुमा आइसोलेशन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको कोरोनाभाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा वेबसाइटबाट जानकारी पाउन सकिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोना भाइरस कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याइएको https://covid19.mohp.gov.np/hospital/covid_hospital.html मा हेर्न सकिन्छ ।
देशभरका सरकारी तथा निजी १ सय ५७ अस्पतालमा कोभिडको उपचार गरिनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।