बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिमका ३ मन्त्रीलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने

सुदूरपश्चिमका ३ मन्त्रीलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने

  • 3.0K
    SHARES

  • सुदूरपश्चिमका ३ मन्त्रीलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने

    काठमाडौं,  नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । 

    पार्टी केन्द्रको निर्णय अनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए । ‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ । उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ, थापाले भने, ‘चित्तबुझ्दो जवाफ आएन भने साधारण सदस्य समेत नरहने गरी कारवाही हुन्छ ।

    सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका छन् ।

    पत्र पठाउने प्रक्रिया भइरहेको छ आजै उनीहरुको हातमा पुग्छ,अध्यक्ष थापाको भनाइ छ । एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

    बिहिवार, जेठ १३ २०७८०२:३३:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार