काठमाडौं, एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याइएको छ ।
ग्राहकले वेबसाइटबाटै अब सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । नयाँ वेबसाइटलाई वेब एपको रुपमा स्मार्ट फोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ । ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो ।
एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोलुम सहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्छ ।
विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०।५ जीबी देखि ०।७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढि डे डेटा पाउँछन् ।
महामारीले घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाई, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवा माथिको पहुँच निकैनै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्नेछन् ।
यसै अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न,अनलाइन कक्षा लगायतका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ ल्याइएको कम्पनीले जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।