बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

मेगा खबर संवाददाता

२५, आषाढ २०७७
  • 1.6K
    SHARES

  • आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

    आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउगरेको छ ।

    वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आ’रो’पमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् ।

    आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ । बुधबार बिहान भेट्न आएका आफन्तलाई युवतीले तुरुन्तै अस्पतालबाट घर लैजान अनुरोध गरेकी थिइन् ।

    पछि आमा भेट्न जाँदा उनले घटनाबारे जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

    बिहिवार, आषाढ २५ २०७७०१:५०:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार