ताप्लेजुङ, ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशाेर साेनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथाको शिखरमा पुगेका छन् ।
शेर्पा आफ्नै बाबु पीके शेर्पाका साथ आज बिहानै सगरमाथाको शिखरमा पुगेका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । शेर्पा बाबुछोरा लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न हुनुहुन्छ । पृथ्वी जोगाउन जङ्गल र हिउँ जोगाउन आवश्यक छ ।
विश्वलाई सुनाउन र सरोकारवालालाई झकझकाउन आफूहरू सगरमाथा आरोहणमा निस्किएको पिके शेर्पाले आरोहणमा जानुअघि बताएका छन् । पिके शेर्पा सगरमाथाको अनुभवी आरोही छन् । उनले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहेका छन् ।
बाबुकै पाइला पछ्याउँदै सोनाम पनि सगरमाथा आरोहणमा गएका हुन् । बाबुछोराले विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य लिएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।