बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्वारेन्टाइन केन्द्र स्वात्तै घटे

क्वारेन्टाइन केन्द्र स्वात्तै घटे

मेगा खबर संवाददाता

२५, आषाढ २०७७
  • 1.6K
    SHARES

  • क्वारेन्टाइन केन्द्र स्वात्तै घटे

    महोत्तरी । महोत्तरीमा कोभिड–१९ रोकथामका लागि सञ्चालित क्वारेन्टाइन केन्द्र स्वात्तै घटेका छन् । जिल्लामा १०० भन्दा माथि पुगेका केन्द्रहरु घटेर अहिले ३२ कायम भएका छन् ।

    केन्द्रमा बस्नेहरु परीक्षणपछि घर फर्केपछि क्वारेन्टिन केन्द्रको सङ्ख्या कम भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    जेठमध्यताका भारतबाट घर फर्कनेको चाप बढेसँगै जिल्लामा १०५ सम्म क्वारेन्टिन केन्द्र सञ्चालनमा थिए । केन्द्रमा बस्नेको सङ्ख्या तीन हजारसम्म पुगेको थियो । क्रमशः जाँचपछि सङ्क्रमण पुष्टि भएका आइसोलेसनमा गएका र परीक्षण नतिजा नेगेटिभ भएका घर फर्केपछि केन्द्रको सङ्ख्या घटेका कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । अहिले केन्द्रमा ३२३ पुरुष र १८ महिलासमेत ३४१ जना रहेका छन् ।

    जिल्लामा अहिले आइसोलेसनमा रहनेको सङ्ख्या पनि घटेर ९३ कायम छ । सङ्क्रमित उपचारपछि निको भएर घर फर्केपछि अहिले आइसोलेसनमा रहेकाहरुको सङ्ख्या ९३ कायम भएको हो ।

    महोत्तरीमा पछिल्लोपटक बुधवार सङ्क्रमित नथपिएका कार्यालयले जनाएको छ । जिल्लामा कूल ७८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    जम्मा १५ स्थानीय तह रहेका जिल्लाको सबै ठाउँमा धेरथोर सङ्क्रमण पुष्टि भएका छन् । जिल्लाको पश्चिमवर्ती भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकामा सबैभन्दा बढी २७५ सङ्क्रमित भएका पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाको भनाइ छ ।

    पछिल्ला दिनमा सतर्कता भने घट्दै गएपछि सङ्क्रमण फेरि बढ्न सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । असार शुरु भएयता लकडाउन खुकुलिएसँगै जिल्लाका सबै बजार खोलिएका छन् । सीमा क्षेत्रमा पनि निर्वाध आवागमन बढेको छ ।

    स–साना टेम्पु र म्याजिकजस्ता सवारी साधन चल्न थालेपछि सङ्क्रमण जोखिम भने झनै बढेको स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका हुन् ।

    शारीरिक दूरी निर्वाह गर्ने, सबैले अनिवार्य मास्क लगाउने र कोरोना सतर्कतासँग जोडिएका आन्तरिक सुरक्षा प्रबन्ध अपनाउन पनि लापरवाही बढेको वरिष्ठ स्वास्थ्य निरीक्षक झाले चिन्ता व्यक्त गर्नुभयो ।

    यसतर्फ स्थानीय तहले आवश्यक सतर्कता बढाउन आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    बिहिवार, आषाढ २५ २०७७१०:४९:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार