बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन

ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 3.1K
    SHARES

  • ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन

    काठमाडों । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    बुधबार बसेको समितिको बैठकले सार्वजनिक सवारी संचालन रोकिँदा यातायात व्यवसायी र आम नागरिकहरुलाई समेत समस्या पारेको भन्दै यथासक्य चाडो ट्याक्सी संचालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको हो । 

    कोभिड–१९ र यसबीच आह्वान गरिएको लकडाउनका कारण सार्वजनिक यातायात र व्यवसायीहरुमा परेको समस्या बारे सरोकारवालाहरुसँग आज बसको समितिको बैठकले व्यवसायीको समस्या समाधान गर्न उचित पहल गर्ने जनाएको छ । 

    यसका साथै आम नागरिकको प्रत्यक्ष जनजिवनसँग जोडिएको र अत्यावश्यक सवारी साधन कोरोना र लकडाउनकै बीच पनि कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ भनेर कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट कमिटी (सिएमसी) सँग आवश्यक छलफल चलाउने निर्णय समेत समितिले गरेको छ ।

    बुधवार, आषाढ २४ २०७७०४:४०:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार