बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 3.1K
    SHARES

  • लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

    काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।

    झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

    विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

    सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो । अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ ।

    बुधवार, आषाढ २४ २०७७०४:२२:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार