बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चार्टर उडानबाट नेपाली पनि अब विदेश जान पाउने

चार्टर उडानबाट नेपाली पनि अब विदेश जान पाउने

  • 2.6K
    SHARES

  • चार्टर उडानबाट नेपाली पनि अब विदेश जान पाउने

    अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् ।

    चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो ।

    अब विदेशी नागरिक तथा कार्गाेका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् । अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् ।

    उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो तिर्नुपर्छ । उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं–रियादका लागि रू। ८९ हजार ५००, काठमाडौं–दमामका लागि रू। ८४ हजार ५०० र काठमाडौं–जेद्दा उडानका लागि रू। ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ । सरकारले गत वैशाख २३ गते बिहीबारदेखि अन्तरराष्ट्रिय नियमित उडानमा रोक लगाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

    शुक्रवार, जेठ ७ २०७८०७:५७:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार