बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख अधिकारी अख्तियारको नियन्त्रणमा

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख अधिकारी अख्तियारको नियन्त्रणमा

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 1.7K
    SHARES

  • मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख अधिकारी अख्तियारको नियन्त्रणमा

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोलले नियन्त्रणमा लिएको छ।

    अख्तियारले अधिकारीलाई भ्रष्टाचारको मुद्दामा संलग्न रहेको देखेपछि सोमबार नियन्त्रणमा लिएको स्रोतले बताएको छ।

    अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला जेठ २ गते मालपोत अधिकृत सहित ६ जनालाई अख्तियारले आठ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

    तर अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले भने अनुसन्धानका क्रममा रहेको कुरा बाहिर ल्याउन नमिल्ने बताएका छन्।

    'रंगे हात नियन्त्रणमा लिएको घटना छ भने सार्वजनिक गरिन्छ। अनुसन्धानका सिलसिलामा लिइने नियन्त्रण निजको परिवारलाई मात्रै जानकारी दिएर कानुनले नियन्त्रणमा लिएको हुन्छ,' उनले भने, 'अनुसन्धानका क्रममा रहेको काम कारबाहीबारे बोल्न मिल्दैन।'

    मालपोत कार्यालयका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस मागेका थिए। सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कंडेल, नायब सुब्बा उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिएको थियो।

    उनीहरूलाई अख्तियारले टोखा नगरपालिका-९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकम सहित नियन्त्रणमा लिएको थियो। यस विषयमा अख्तियारले थप अनुसन्धान थालेको छ।

    बुधवार, आषाढ २४ २०७७०१:५९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार