काठमाडाै, नेपाल टेलिकमले सोमबारदेखि शुरु गरेको भीओएलटीई सेवामा हालसम्म ५ हजार भन्दा ग्राहकहरुले सो सेवा शुचारु गरिसकेका छन् ।
टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर शुरु गरेको नयाँ प्रविधिमा ग्राहकहरुको अभिरुची र सहभागीता बढिरहेको टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार हालसम्म ५ हजार भन्दा धेरै सेवाग्राहीहरुले भीओएलटीई सेवा एक्टिभेट गरिसकेको जानकारी दिए ।
हाम्रो तथ्यांक अनुसार सेवा शुरु भएको एकै दिनमा ५ हजार भन्दा धेरै ग्राहकहरुले भीओएलटीई सेवा एक्टिभेट गरे बापत पाउने बोनस प्राप्त गरिसकेका छन्,’ उनले भने । यसका साथै भीओएलटीई सेवा एक्टिभेट गर्न खोज्नेहरुको संख्या पनि उच्च रहेको उनले बताए ।
भीओएलटीई सेवा एक्टिभेट गर्न चाहेका ग्राहकहरु एक्टिभेट गरेको भन्दा १७ गुणा अधिक रहेको देखिन्छ । जसले स्टार ४४४ ह्यास (*४४४#) डायल गरेका छन् ।’ प्रवक्ता जोशीले भने ।
उनका अनुसार यो सेवा र प्रविधि अत्याधुनिक रहेको छ भने यसको लागि सपोर्ट गर्ने सेट आवश्यक पर्दछ । सपोर्ट गर्ने सेट नभएको खण्डमा सो सेवा ग्राहकले प्रयोग गर्न सक्दैनन् ।
उनले यसको लागि नेपालमा मोबाइल आयात गर्ने तथा फोन निर्माता कम्पनीहरुसँग कुराकानी भईरहेको जानकारी दिए ।हामीले फोरजीको एडभान्स प्रविधि ल्याएका छौं । जसलाई सपोर्ट गर्ने मोबाइल सेटहरु पनि चाहिन्छ तर बजारमा त्यस्ता धेरै सेटहरु छैनन् । प्रवक्ता जोशीले भने, अहिलेका धेरैजसो सेटहरुमा भीओएलटीई सेवा चलाउन सकिने देखिन्छ तर कम्पनीले त्यसमा सफ्टवेयर अपडेट गरिदिनुपर्दछ भने कतिपय पुराना सेटहरुमा यो प्रविधि चल्दैन् । उनले आगामी दिनमा ग्राहकहरुलाई यस बारेमा थप जानकारीहरु दिईरहने र सपोर्ट गर्ने सेटहरुमात्र बजारबाट किन्नका लागि आग्रह गरे ।
किन चल्दैन भीओएलटीई सेवा तपाईँको फोनमा?
अधिकांशले आफ्नो मोबाइलमा टेलिकमको सेवा नचलेको गुनासो गरेका छन् । जसमध्ये धेरैले स्टार *४४४ ह्यास डायल गरेर भीओएलटीई सेवा एक्टिभेट गरिसकेका छन् र त्यसपछिको प्रकृयालाई फलो गर्ने प्रयास गरेका छन् ।
मोबाइल सेवाग्राहीहरुले स्टार ४४४ ह्यास (*४४४#) डायल गरेपछि सिधै स्टार १११ ह्यास डायल गर्नेगरेको हुँदा अत्यधिक गुनासो आएको टेलिकमका प्रवक्ता जोशीको भनाई छ ।
शुरुमा स्टार ४४४ ह्यास (४४४#) डायल गरेपछि आफ्नो मोबाइलमा सो भीओएलटीई प्रविधि सपोर्ट छ वा छैन भनेर हेर्नुपर्दछ र छ भने त्यसलाई इनेबल (सक्षम पार्ने) गर्नुपर्दछ । त्यसपछि मात्र स्टार १११ ह्यास (*१११#) डायल गर्नुपर्दछ,’ उनले भने, ‘तर अधिकांशले आफ्नो मोबाइल सेटमा कम्प्याटिबल नभएपनि वा सेटिङ्ग नमिलाईकन सिधै स्टार १११ ह्यास (१११#) डायल गर्दा गुनासो धेरै आएको हो ।
जोशीका अनुसार भीओएलटीई सेवा सक्रिय गर्न सेवाग्राहीले मुख्य तीन विषयहरुमा ध्यान दिनुपर्दछ ।
-पहिलो स्टार ४४४ ह्यास (*४४४#) डायल गरेर भीओएलटीई सेवा एक्टिभेट गर्ने ।
-त्यसपछि आफ्नो मोबाइलको सेटिंग्समा गएर भीओएलटीई इनेबल वा एक्टिभेट गर्ने ।
-यसको लागि आफ्नो मोबाइलको सेटिंग्समा गएर मोबाइल नेटवर्क्समा ट्याप गर्ने र त्यसपछि त्यहाँ रहेको भीओएलटीई -कललाई एक्टिभेट गर्नुपर्दछ । यस्तो सेटिङ्ग्स मोबाइल अनुसार फरक हुनसक्छ । (सेत्तिङ्स् > मोबिले णेत्वोर्क्स् > टुर्न् ओन् वोल्टे कल्ल्)
-त्यसपछि मात्र स्टार १११ ह्यास (*१११#) डायल गरेर भीओएलटीई सेवा सुचारु गर्नुपर्दछ ।
माथिका सबै प्रकृया पुरा भएको खण्डमा स्टार १११ ह्यास डायल गरेपछि तपाईँले २८ दिनसम्म चलाउन सक्ने बोनस प्राप्त गर्नुहुनेछ । यदि तपाईँको फोनमा भीओएलटीई प्रविधि सपोर्ट गर्दैन भने तपाईँले स्टार १११ ह्यास (*१११#) डायल गर्दा यस्तो संदेश प्राप्त गर्नुहुनेछ ।
बजारमा हाल उपलब्ध भएकामध्ये निकै थोरै मोबाइल सेटहरुमा मात्र भीओएलटीई एक्टिभ गर्न सकिने हुँदा ग्राहकहरुको गुनासो धेरै आएको टेलिकमको भनाई छ ।
टेलिकमका अनुसार कतिपय सेटहरुलाई मोबाइल फोन कम्पनीहरुले सफ्टवेयरमार्फत अपडेट गरेर भीओएलटीई सेवा एक्टिभेट गरिदिनसक्ने देखिएको छ ।
आगामी दिनमा नयाँ मोबाइल फोन सेट किन्दा समेत भीओएलटीई सेवा चलाउन सकिन्छ वा सकिँदैन भन्ने थाहा पाएर मात्र मोबाइल किन्न टेलिकमले सबैलाई आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।