बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल प्रहरीको आइजीपीमा शैलेश थापा 

नेपाल प्रहरीको आइजीपीमा शैलेश थापा 

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 1.7K
    SHARES

  • नेपाल प्रहरीको आइजीपीमा शैलेश थापा 

    काठमाडौं। सरकारले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको आइजीपीमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई २८ औं आइजीपीमा बढुवा गर्ने निणर्य गरेको हो ।

    ५२ वर्षीय थापाले १९ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् । उनी सालिन प्रहरी अधिकृतका रुपमा परिचित छन् । वरिष्ठता र कार्यक्षमताका आधारमा क्षेत्री आइजीपी बढुवा भएका हुन् ।

    यसअघि कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा नियुक्ति गरेको हो ।

    भक्तपुरका स्थायी बासिन्दा शैलेश थापाका बाबु शम्भु थापा पनि नेपाल प्रहरीमा डिआइजीबाट सेवानिवृत्त भएका थिए । उनले उपत्यका प्रहरीको कमाण्ड सम्हालेका थिए । शैलेश थापा क्षेत्रीका प्रतिष्पर्धी हरिबहादुर पाल थिए । दुवैजना दोस्रो र तेस्रो नम्बर वरियताका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने निश्चित भइसकेको थियो । २० महिना कार्यकाल हुने भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका थिए । यसपटक थापा र पाल दुवैले आइजीपी बन्न अस्वस्थ प्रतिष्पर्धा गरेनन् ।

    यसैगरी, आइजीपी नियुक्तिसँगै दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलबीच प्रतिष्पर्धा छ ।

    मंगलवार, आषाढ २३ २०७७०९:३९:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार