सिरहा । प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाका छुट्टाछुट्टै स्थानबाट लागूऔसधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट प्रहरीले सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ ।
भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागुऔषध फेला परेपछि पक्राउ गरेको हो । उनका साथबाट डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै सोमबार घरमै लागूऔषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।
आफ्नै घरको कोठामा प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थान बरामद गरेको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।