काठमाण्डाै – चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराइएको छ ।
६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाइएको छ ।
यसै सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनाइएको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चार माध्ययमले जनाइएको छ ।
चीनले भने तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो ।
मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ । रोबर्टमा क्यामराहरू जडान गरेको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् ।
पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् । तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास छ । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो ।
चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका हुन् । ती यान अन्तरिक्षमै रहेका बीबीसीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।