बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

३० हजार पाउने सर्तमा यात्रु बोकेर डोटीदेखि काठमाडौं आए, नागढुंगा पुग्दा कारबाहीमा परे

३० हजार पाउने सर्तमा यात्रु बोकेर डोटीदेखि काठमाडौं आए, नागढुंगा पुग्दा कारबाहीमा परे

मेगा खबर संवाददाता

२२, आषाढ २०७७
  • 1.8K
    SHARES

  • ३० हजार पाउने सर्तमा यात्रु बोकेर डोटीदेखि काठमाडौं आए, नागढुंगा पुग्दा कारबाहीमा परे

    डोटीदेखि काठमाडौंसम्म ट्याक्सीमा यात्रु बोकेर आएका चालक कारबाहीमा परेका छन्।

    महानगरीय प्रहरी वृत्त थानकोटले डोटीबाट तीन जना यात्रु बोकेर काठमाडौं आएका धुलिखेल नगरपालिका-१ का ३० वर्षीय शंखमान तामाङलाई चेकिङ गर्दा गत शनिबार नागढुंगाबाट पक्राउ गरेको थियो।

    उनी बिना पास यात्रु बोकेर काठमाडौं आएका थिए।

    उनीमाथि प्रहरीले संक्रमण रोग ऐन अन्तर्गत कारबाहीको लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो।

    'उनले तीन जनाबाट ३० हजार पाउने भन्ने सर्तमा काठमाडौंसम्म ल्याइदिएका रहेछन्,' वृत्तका डिएसपी घनश्याम श्रेष्ठले भने,'काठमाडौं आएपछि रकम दिने भन्ने कुरा भएको थियो तर कारबाहीमा परे।'

    उनका अनुसार ती व्यक्तिलाई संक्रमण रोग ऐन अन्तर्गत कारबाही गरिएको हो।

    ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना सजाय हुने उल्लेख छ।

    त्यस्तै, उनीसँगै आएका यात्रुहरूलाई पनि स्थानीय तहसँग समन्वय गरी होल्डिङ सेन्टरमा राखिएको उनले बताए।

    'कसैको काम, कसैको कोठा यता भएर आएको देखिन्छ। सवारी पास नहुँदा कारबाहीमा परे,'उनले भने,'यात्रुहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ।'

    त्यस्तै, बिना पास काठमाडौं भित्रिने अन्य सवारीसाधन पनि कारबाहीमा परेका छन्। शनिबार बर्दियाबाट काठमाडौं आएका बढैया गाउँपालिका-५ का २९ वर्षीय सञ्जय विकमाथि पनि संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गरिएको छ।

    उनले भे १ ज ११३५ नम्बरको गाडीमा १७ जना यात्रु बोकी काठमाडौं आएका थिए। उनीबाट प्रहरीले यात्रुसँग असुली गरिसकेको २५ हजार रकम पनि बरामद गरेको छ। यसअघि पनि विभिन्न मितिमा सात वटा सवारी साधनलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाएको वृत्तले जनाएको छ।

    सोमवार, आषाढ २२ २०७७०२:४२:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार