बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आरोहणको क्रममा हिउँमा चिप्लिएर २ जना विदेशी नागरिकको मृत्यु

सगरमाथा आरोहणको क्रममा हिउँमा चिप्लिएर २ जना विदेशी नागरिकको मृत्यु

मेगा खबर संवाददाता

३१, बैशाख २०७८
  • 2.5K
    SHARES

  • सगरमाथा आरोहणको क्रममा हिउँमा चिप्लिएर २ जना विदेशी नागरिकको मृत्यु

    सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा हिउँमा चिप्लिएर २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  

    बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरिकाका नागरिक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ वर्षीय पवेइलियूको सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

    यसैगरी, सगरमाथा आरोहणका लागिँ हिडेका स्विजरल्याण्डका नागरिक पासपोर्ट नम्बर ह४०३४४४६ का ४१ वर्षीय अब्दुलवाहिदको पनि सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक दुवै जनाको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको जनाएको छ । 

    शुक्रवार, बैशाख ३१ २०७८०२:२७:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार