काठमाडौं, सगरमाथा आरोहणका क्रममा बुधबार दुई जना आरोहीको मृत्यु भएको छ ।
पर्यटन विभागका अनुसार, सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको हो । स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको मृत्यु भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन् ।
अब्दुल सगरमाथा आरोहण गरेर फर्कने क्रममा साउथ समिटमा बसेका थिए । बसेको ठाउँमै उनको ज्यान गएको आचार्यले बताइन् । त्यस्तै, पुवे लिउको सात हजार नौ सय मिटरको उचाइमा हिउँ 'ब्लाइन्डनेस' र थकानबाट मृत्यु भएको हो । उनीहरूको आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो ।
बुधबार मात्रै ७० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो याममा मात्रै एक सय ८२ जनाले सगरमाथा आरोहण गरिसकेका छन् ।
अझै दुई सय जनाभन्दा बढी आरोहणको तयारीमा छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।