बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

झोलुङ्गे पुलमाथि बग्न थाल्यो नदी, आवतजावतमा समस्या

झोलुङ्गे पुलमाथि बग्न थाल्यो नदी, आवतजावतमा समस्या

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 3.7K
    SHARES

  • झोलुङ्गे पुलमाथि बग्न थाल्यो नदी, आवतजावतमा समस्या

    बाजुरा । अविरल वर्षाका कारण त्रिवेणी र बूढी गंगा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुलमाथि पानी बग्न थालेको छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा जोखिम भएको बूढीगंगा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो ।

    लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानी बग्न थालेपछि त्रिवेणी र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताउनुभयो ।

    लगातार वर्षाले बाजुराका अन्य झोलुङ्गे पुल पनि जोखिममा छन् । बूढीगंगा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

    बूढीगंगा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैशीले बताउनुभयो । कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।

    वाई र वाधु जोड्ने पुल, गोत्रीको साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । झोलुङ्गे पुलभन्दा माथि कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट गाउँपालिकामा आवतजावत प्रभावित बनेको छ ।

    आइतवार, आषाढ २१ २०७७०१:०१:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार