बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 2.2K
    SHARES

  • छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

    दक्षिण क्यालिफोर्नियाका बासिन्दा रिचर्ड ग्यारेलाई जुन पहिलो हप्तामा कोरोनाभाइरसको संक्रमण देखियो । त्यहि समयमा उनका बुवा बिरामी भएको रिचर्डले जानकारी दिए ।

     

    त्यसको दुई हप्तापछि उनका बुवा भिडाल ग्यारेको कोभिड–१९ का कारण मृत्यु भयो । त्यतिबेलादेखि उनको परिवारका २८ जनामा कोरोनाको संक्रमण देखिएको उनले बताए ।

    ‘मलाई लाग्छ, यो न्यूनतम सम्पर्कको माध्यमले भएको हो,’ उनले भने । उनका अनुसार उनको बुवालाई संक्रमणको कुनै लक्षण देखिएको थिएन । आफूलाई संक्रमण भएको थाहा नपाउँदा उनले तीनवटा घरमा भ्रमण गरेको छोरा रिचर्डले बताए । उनका अनुसार भेटघाट निकै संक्षिप्त थियो, कतिजनालाई त १० मिनेटका लागि पनि भेटेका थिएनन् ।

    रिचर्डले आफ्नो परिवारबारे जानकारी दिएर यो भाइरस वास्तविक भएको र यसको संक्रमण कति छिटो सर्छ भनेर सबैलाई जानकारी दिन खोजेको बताए ।

    उनका आमा–बुवा, २ वर्षे बालकलगायत अन्य दुई साना नानीहरु, दुई दाजुभाइ र गर्भवती भाउजुमा कोरोना संक्रमण देखिएको उनले बताए । उनका संयुक्त परिवारका अन्य सदस्य पनि कोरोना संक्रमणसँग जुधिरहेको उनले जानकारी दिए ।

    फादर्स डेको एकदिन अघि उनका ६० वर्षका पिताको निधन भएको उनले बताए  ।

    ‘आशा गरौं, उनको मृत्युले धेरैको ज्यान बचाउन सक्छ,’ रिचर्डले भने । ‘यदि उहाँको कथाले जीवन बचाउन सक्छ भने यसबारे जानकारी दिन आवश्यक छ । यो साँचो हो । यसले संक्रमित गर्न धेरै समय नै लाग्दैन ।’

    ‘मेरो बुवाको मृत्यु र पीडाबारे जानकारी दिएर हामीले अन्य सयौं वा हज्जारौंको ज्यान जोगाउन सक्छौं । यसबारे धेरै मानिसहरुलाई थाहा होस् भन्ने मेरो चाहना छ ।’

    आइतवार, आषाढ २१ २०७७१०:५२:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार