काठमाण्डाै, कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेका छन् ।
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही समेत बनेका छन् ।
आज बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ ।
उनिसँगै १२ जना शेर्पाहरु सगरमाथामा पुगेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।