काठमाडौं । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्। गोरखा अस्पतालले जारी गरेको विज्ञप्ति :

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।