बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

मेगा खबर संवाददाता

१९, आषाढ २०७७
  • 1.9K
    SHARES

  • वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको बताउनुभयो । उनका अनुसार मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान राखिएको छ ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको बताए । उनले ताहचलस्थित श्रम कार्यालयबाट बिदामा आएका तर श्रम स्वीकृति नभएर विदेश जानबाट रोकिएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    शुक्रवार, आषाढ १९ २०७७१०:५२:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार