गुल्मी । जिल्लाको २ स्थानमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् ।
इस्मा गाउँपालिकाको वडा नम्बर १ मल्दीमा पहिरोले घर पुरिँदा नाबालकको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा १८ महिनाका सिरु सारुकोे मृत्यु भएको वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिनुभयो । वडाध्यक्ष खत्रीका अनुसार अविरल वर्षाको कारण बिहीबार मध्यरातमा पहिरोले घर पुरेकाे हो । पहिरोमा परेकी सिरुकी आमालाई भने बासिन्दाले उद्धार गरेका छन् ।
त्यस्तै मुसिकोट नगरपालिकामा पनि पहिरोमा १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर २ दलुङ निवासी भागिरथ घिमिरे पहिरोमा वेपत्ता भएका हुन् । घिमिरे बिहीबार राति मदिरा सेवन गरिरहेको बेला पहिरोमा परेका हुन् । घिमिरेसँगै मदिरा सेवन गरिरहेका २ जना भने बाँच्न सफल भएको नगरपालिका उप–प्रमुख कमला शर्माले जानकारी दिनुभयो ।
त्यही ठाउँका सूर्यवशींको गोठ पहिरोले पुरेको छ । गोठ पुरिँदा सबै चौपाया मरेका छन् । वर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अवरुद्ध भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।